राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकाे चितवनमा भव्य स्वगत गरिएको छ । बुटवल उच्च अदालतकाे तुलसीपुर इजलासकाे आदेशमा शुक्रबार उनी थुनामुक्त भएका थिए ।
लगत्तै चितवन आएका उनलाई आज जिल्ला पार्टीले स्वागत गरेको हो ।भरतपुर चाैबिसकाेठी चोकमा अहिले ठूलो सङ्ख्यामा रास्वपा नेता कार्यकर्ता रविलाई स्वागत गर्न भेला भएका छन् ।
अब केहीबेरमा रवि त्यहाँ आइपुग्नेछन् । त्यसपछि उनीसहितको र्याली गेष्टहाउस चोक पुग्नेछ । त्यहाँ रविले सङ्क्षिप्त सम्बोधन गर्ने कार्यक्रम तय भएको रास्वपा चितवन जिल्ला सभापति कृष्णप्रसाद भुसालले सिधाकुरालाई जानकारी दिए।
कार्यक्रममा रास्वपाका उपसभापति डाेलप्रसाद अर्याल पनि सहभागी छन् ।





