नवनिर्वाचित नेकपा (एमाले) का अध्यक्ष एवं निः वर्तमान केपी शर्मा ओलीले बैठकभित्र मोबाइल बज्न नहुने बताएका छन् ।
नवनिर्वाचित पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकमा सम्बोधन गर्दै गर्दा एक जना नेताको मोबाइल फोन बजेपछि ओलीले आपत्ति जनाउँदै हकारेका हुन् ।
उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नुहुँदैन ।





