नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक फेरि सरेको छ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा तय भएको बैठकको समय यसअघि १ बजेलाई तय भएको थियो। अब बैठक २ बजेदेखि सुरु हुने छ।
आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका नेताहरुको जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।
साथै पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन्।





