ओलीका विश्वासपात्र रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

नेकपा एमालेका नेता विष्णु रिजालले केन्द्रीय सदस्यमा पनि पराजय बेहोरेका छन् ।


११औँ महाधिवेशनमा उनले उपमहासचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । तर, रिमाल दुवै पदमा पराजित भए । 



उनी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भनेर चिनिन्छन् । 

लामो समय रिमालले ओलीको समूहमा रहेर काम गरेका छन् । तर, पार्टीको निर्वाचनमा भने उनले अप्रत्यासित नतिजा हात पारेका छन् ।