नेकपा एमालेको नेतृत्व चयनका लागि भएको चुनावमा उम्मेदवारी फिर्ता लिएका नेताका नाममा पनि मतदान भएको छ।
एमालेको राजेन्द्र गौतमले लिए उपमहासचिवमा उम्मेदवारी दिएका थिए। तर, उम्मेदवारी फिर्ता लिने समय भन्दापछि आएर उनले नाम फिर्ता लिएका थिए।
विद्युतीय भोेटिङ मेसिनमा नाम राखिसकेपछि गौतमले उम्मे्दवारी फिर्ता लिएका कारण उनको नाम पनि उम्मेदवारका सूचीमा रहेको थियाे।
प्रतिनिधिले कतिपय प्रतिनिधिले उनलाई पनि उम्मेदवार ठानेर मत दिएका हुन्। उनले ११३९ मत गनिँसक्दा १४० प्राप्त गरेका छन्।
अब मतगणना गणना गर्न बाँकी १०८८ मात्रै रहेको छ।





