विद्युतीय मेसिनबाट ‘चिप्स’ निकालेर मुचुल्कामा हस्ताक्षर हुँदै

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि राखिएको विद्युतीय मेसिनबाट ‘चिप्स’ निकालिएको छ।  महाधिवेशन सचिवालयका अनुसार अहिले निर्वाचनमा प्रयोग भएका ८० वटा विद्युतीय मेसिनबाट ‘चिप्स’ निकालेर मुचुल्कामा हस्ताक्षर भइरहेको छ।  प्रत्येक मेसिनको फरक-फरक मुचुल्का बनाएर एकीकृत गरिनेछ।

आयोगले केही समयमा मत गणना गरेर सार्वजनिक गर्ने तयारी गरेको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन समिति र सर्वपक्षीय बैठकपश्चात मतगणना र सार्वजनिक गरिनेछ।

बुधबार बिहानबाट भएको मतदानमा २२६३ मध्ये २२२७ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेका थिए। मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका थिए। 

महाधिवेशनमा एमालेमा केपीशर्मा ओली र ईश्वर पोखरेल प्यानलबीच प्रतिस्पर्धा भएको थियो। महासचिवमा ओली प्यानलबाट शंकर पोखरेल र ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डेको उम्मेदवार छन्।

नवौं र दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका थिए।