नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा ४ सय १५ मत खसेको छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा ४ सय १५ मत खसेको हो ।
बिहानको तुलनामा मतदान सुस्त भइरहेको एमाले नेता सानुराज पोखरेलले जानकारी दिए । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२ सय ६३ जना मतदाता रहेका छन् ।
भित्र मतदान हुँदै गर्दा बाहिर नयाँ नेतृत्वका लागि नेता कार्यकर्ताहरुले मत मागिरहेका छन् । उनीहरुले आ–आफ्नो पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।





