एमाले महाधिवेशन मतदानः साढे ३ घण्टामा खस्यो ३८० मत

नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान जारी छ । भोटिङ मेसिनमार्फत आज बिहान ९ बजेदेखि भइरहेको मतदानमा साढे ११ बजेसम्म ३८० मत खसेको छ । मेसिन प्रयोग गरिए पनि मतदानमा धेरै समय लागिरहेको गुनासो मतदाताले गरेका छन्।

एमालेको जारी निर्वाचनमा ८० वटा भोटिङ मेसिनको व्यवस्था गरिएको छ। एउटा मतदाताले ३ सय हारहारी उम्मेदवारका लागि मतदान गर्नुपर्छ। जारी मतदानबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्।