साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ३ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
HIGHLIGHTSमंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९.९९ बिन्दुमा पुगेको छ ।
आजको बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।





