नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवार शंकर पोखरेलले पार्टी एकता र राष्ट्रिय अभिभारालाई केन्द्रमा राखेर विशेष अपिल गरेका छन् । पार्टी पंक्तिमा नयाँ उत्साह भर्ने उद्देश्यसहित नेता पोखरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले एमालेको आगामी यात्रा केवल सांगठनिक नेतृत्व चयनमा मात्र सीमित नभई सिंगो कम्युनिस्ट आन्दोलन र राष्ट्रको सुरक्षासँग जोडिएको विषय भएको औँल्याएका छन् । मंगलबार फेसबुकमा एक स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘पार्टी, आन्दोलन र राष्ट्रको रक्षा हामी सबैको कार्यभार ! हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ ।’





