एमाले निर्वाचन : मनोनयन दर्ताको समय फेरि सर्‍यो

नेकपा एमालेको मनोनयन दर्ताको समय फेरि थप गरिएको छ ।

यसअघि सोमबार साढे ३ बजेसम्म मनोनयन दर्ताका लागि फाराम बुझाउने समय तोकिएकामा सो समय बढाएर ५ बजेसम्मका लागि सारिएको छ ।

यस्तै, उम्मेदवारको प्रारम्भिक नामावली बेलुका ६ बजे प्रकाशन गरिनेछ भने अन्तिम नामावली प्रकाशन राति साढे ८ बजे हुनेछ ।

त्यसपछि मंगलबार बिहान १२ देखि साँझ ६ बजेसम्म मतदान गर्नेगरी कार्यतालिका संशेधन गरिएको केन्द्रीय निर्वाचन आयोगका सचिव कुन्साङ लामाले जानकारी दिए ।