उपाध्यायको निधनमा तीन दिन कांग्रेसको झण्डा आधा झुकाइने

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति शोक सभा सम्पन्न भएको छ।

शोक सभामा पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू सबैको उपस्थिति रहेको थियो।

उनको निधनप्रति शोक व्यक्त गर्न २०८२ मङ्सिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय पनि भएको छ।