प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

साताको पाँचौ कारोबार दिन प्रि ओपन सेसनमा ०.९२ अंक घटेर २६०८.१० विन्दुमा झरेको छ।  

यस सेसनमा १ करोड ४३ लाख १ हजार ६२५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

सेसन अवधिभरमा ५९ कम्पनीको ३४ हजार ६४ कित्ता सेयर खरिदबिक्री भएको छ। 

नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।