एमाले महाधिवेशनः काठमाडौँमा दुई फरक–फरक कार्यक्रम

नेकपा एमालेको ११ औँ महाधिवेशन केन्द्रित भेला, छलफल, अन्तरसम्वाद बाक्लिएको छ ।
आज काठमाडौँमा महाधिवेशन केन्द्रित दुई वटा कार्यक्रम हुँदैछ । प्रेस चौतारी नेपालमा नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेकपा (एमाले)का सचिव लेखराज भट्टसँग संवाद हुँदैछ । कार्यक्रम दिउँसो २ बजे राखिएको छ ।

यस्तै, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेतृ विन्दा पाण्डेसहितका महिला नेताहरुको अन्तरसम्वाद होटल हार्दिकमा दिउँसो १ बजे राखिएको छ । रचना खड्का, उषा किरण तिम्सिनालगायतका नेतृतहरुले पार्टी महाधिवेशन र नेतृत्वबारे अन्तरसम्वाद गर्न लागेका हुन् ।