प्रहरीका सहायक निरीक्षकले गरे आफ्नो ६ महिने छोराको ह*त्या

काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित ओम नगर मार्गमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नो ६ महिने छोराको हत्या गरेका छन् ।

आइतबार साँझ धारिलो हतियार प्रहार गरेर बच्चाको हत्या गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत असई पुष्कर कार्की फरार भएका थिए ।

भाग्दै गरेको अवस्थामा उनलाई चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गा चेकप्वाइन्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

छोराको हत्यापछि उनले पत्नीलाई पनि टाउकोमा धारिलो हतियारले प्रहार गरेका थिए । हतियार प्रहारबाट घाइते भएकी पत्नीलाई छिमेकीहरुले सिनामंगलस्थित केएमसी अस्पताल लगेका थिए । अहिले उनलाई प्रहरी अस्पतालमा रिफर गरिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ