हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको जनाएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालयले विस्तारको कार्य स्थगन गरिएको जनाएको हो ।

हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वाेच्च अदालतकाे उत्प्रेषण आदेशका कारण स्थगित गरिएकाे सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए ।

यसअघि शनिवार हेटौडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरुको सीमा बढाउने भन्दै डोजर चलाएर सयौँ संरचना भत्काइएको थियो । एकैदिन करिब ५०० वटा घर भत्काएकाे थियो । भत्काइएकाे घरबाट सामन निकाल्न दुई दिनकाे समय दिइएकाे उनले बताए ।