महाधिवेशन : प्रतिनिधि छनोटको विषयलाई लिएर एमाले कार्यालयमा धकेलाधकेल

प्रतिनिधि छनोटको विषयलाई लिएर नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबिच भनाभन र धकेलाधकेल भएको छ ।

शुक्रबार एमाले आदिवासी जनजाति लोकतान्त्रिक महासङ्घका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै कार्यालय पुगेका थिए ।

त्यसक्रममा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीसँग विवाद हुँदा आक्रोशित कार्यकर्ता र कार्यालयमा रहेका अर्को पक्षका कार्यकर्ताबिच र धकेलाधकेल भएको हो ।

एमालेमा प्रतिनिधि छनोटमा भेदभाव गरेको भन्दै ओखलढुङ्गा, धनकुटा, दाङ लगायतमा पनि विवाद भएको छ ।