स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा भारत भ्रमण जाने भएकी छिन् । सोमबार बसेको मन्त्री परिषदको बैठकले स्वास्थ्यमन्त्री डा. शर्माको भारत भ्रमण स्वीकृती प्रदान गरेको छ ।
डा. शर्मा २ देखि ४ पुसम्म भारतको नयाँदिल्लीमा आयोजना हुने दोस्रो डब्लूएचओ ग्लोबल समिट एण्ड ट्रेडिसनल मेडिसिन एण्ड हाइलेभल मिनिष्टरियल डाइलग वन इम्प्लीमेन्टेसन अफ दि डब्लूएचओ ग्लोबल स्ट्राटेजी, २०२५—२०३४ कार्यक्रममा भाग लिन दिल्ली जान लागेकी हुन् ।
यो स्वास्थ्यमन्त्री डा. शर्माको पहिलो भारत भ्रमण हो ।




