शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएका छन् ।
बुधवार मन्त्री पुनले सामाजिक सञ्जालमार्फत पालिकाहरूलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताएका हुन्।
‘विद्यालय व्यवस्थापन समिति गठन नगरीकन मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकाहरू पनि रहेछन् । त्यस्ता पालिकाहरूलाई नियमानुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको छ । अन्यथा त्यसता पालिकाहरूको विद्यालयलाई आउने संघीय अनुदान रोक्का गरिनेछ,’ उनले लेखेका छन् ।





