काठमाडाैंमा एमालेका ४८ प्रतिनिधिमध्ये ३५ जना भण्डारी पक्षधर

 नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशनका लागि काठमाडाैं जिल्लाबाट ४८ प्रतिनिधि चयन भएका छन् । उक्त ४८ प्रतिनिधिमध्ये ३५ जनालाई पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षधर रहेको दाबी गरिएको छ।

काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार निर्वाचन क्षेत्र अनुसार प्रतिनिधि यस प्रकार छन्:

क्षेत्र १: गणेश दुलाल, विष्णुकुमारी भुसाल, रामप्रसाद ओमागाई, सफल श्रेष्ठ
क्षेत्र २: मणिराम फुयाँल, सानुकुमार श्रेष्ठ, नवराज दाहाल, शोभा कार्की, शान्ता थापा
क्षेत्र ३: कल्पना राजचल, इसादेवी गुरुङ, श्यामकृष्ण कर्माचार्य, विश्वराज श्रेष्ठ, डा.विदुर चालिसे
क्षेत्र ४: उद्धव खरेल, श्रीकृष्ण श्रेष्ठ, प्रकाश कटुवाल, सुनिता गुरुङ, सरस्वती कार्की
क्षेत्र ५: ध्रुवराज पाण्डे, रत्ना गुरुङ, रामकृष्ण श्रेष्ठ, अम्बर डङ्गोल
क्षेत्र ६: विश्वनाथ लामिछाने, कृष्णप्रसाद अधिकारी, देवीमाया आचार्य, बिन्दा बुढाथोकी, श्यामकृष्ण महर्जन (सबै निर्विरोध)
क्षेत्र ७: प्रकाश श्रेष्ठ, जीवन मानन्धर, पूर्णिमा श्रेष्ठ, सपना अर्याल, प्रमेश धिमाल (पूर्णिमा र सपना निर्विरोध)
क्षेत्र ८: राजेश शाक्य, शङ्कर केसी, सुशीला अधिकारी, बब्लु शिवाकोटी
क्षेत्र ९: केशव प्रसाद पोखरेल, उत्तम बहादुर राउत, पूर्णकुमार तण्डुकार, रञ्जु खड्का, सानुमैया खड्का
क्षेत्र १०: प्रेमबहादुर शाही, महेश तामाङ, सन्तोष खड्का, लक्ष्मी लुइँटेल काफ्ले, वसन्ती श्रेष्ठ (सबै निर्विरोध)

दलिततर्फ भक्त दर्नाल चयन भएका छन्।

काठमाडाैं, भक्तपुर र ललितपुरका अध्यक्षहरूले प्रतिनिधि बन्ने अवसर नलिएका छन्। उनीहरूले आफू अभिभावकीय भूमिका खेलेको र अरूलाई अवसर दिन खोजेको बताए। काठमाडौँमा १४,७०० सङ्गठित सदस्य रहेको अवस्थामा ४८ प्रतिनिधि छानिएका छन् भने भक्तपुर र ललितपुरबाट क्रमशः १४–१४ प्रतिनिधि चयन भएका छन्।

तर, एमाले किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष भेषराज अधिकारी र विद्या पक्षका गजेन्द्र थपलियालाई प्रतिनिधि बन्न रोकिएको छ। असन्तुष्ट पक्षले अध्यक्षको एकलौटी निर्णयको आलोचना गरेका छन्।