काठमाडौँमा जारी नेपाल प्रिमियर लिग(एनपिएल)मा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार भएको खेलमा कर्णालीले काठमाडौँलाई १५० रनको लक्ष्य दिएको हो । टस जितेर व्याटिङ रोजेको कर्णालीले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । त्यस्तै, कर्णालीका गुल्सन झाले सर्वाधिक २२ बलमा ४९ रन जोडेका हुन ।
पवन सराफ २९ बलमा ३५ र मार्क वाटले २७ बलमा ३० रन जोडेका थिए ।कर्णालीलाई जित्ने लक्ष्यका साथ काठमाडौँ ब्याटिङमा मैदान उत्रिदैछ । करन केसीको कप्तानीमा रहेको काठमाडौँ र सोमपाल कामीको कप्तानी कर्णाली याक्स मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।





