एमाले एघारौं महाधिवेशनको लोगो सार्वजनिक

 नेकपा एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

एमालेले यही मंसिर अन्तिम साता महाधिवेशन गर्दैछ । भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनका लागि अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।