बुद्धएयरको जहाज चरासँग ठोकियो

बुद्धएयरको जहाज चरासँग ठोक्किएको छ । शनिबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरासँग ठोक्किएको हाे ।

बुद्ध एयरकाे 9N-AOC जहाजमा सवार ६१७ यात्रु र चालक दल सुरक्षित रहेका बुद्ध एयरले जनाएकाे छ । जहाजलाई पोखरास्थित प्राविधिक टिमले चेकजाँच गरिरहेको छ ।