संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीलाई रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । भिसा खुला गरेसँगै अब यूएई जान प्रहरी रिपोर्ट भने अनिवार्य चाहिने भएको छ ।
भदौ २४ गते जेनजी प्रदर्शनपछि जेलबाट कैदी भागेको विषयलाई कारण देखाउँदै यूएईले भिसामा रोक लगाएको थियो । जेलबाट ठूलो संख्यामा केदीबन्दीहरु भागेकाले सुरक्षाको कारण देखाउँदै युएईले भिजिट र श्रमिक भिसामा नेपालीलाई रोक लगाएको थियो ।




