नेकपा (एमाले) का नेता महेश बस्नेतले आफूमाथि भएको आक्रमणको प्रयास गम्भीर र निन्दनीय रहेको बताएका छन् ।
सुनसरीमा आयोजित युवा सङ्घको कोशी जागरणसभामा सहभागी हुन त्यसतर्फ गइरहेका बेला दुई युवाले उनी सवार गाठीमा रातो मसी छ्यापेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् ।
उनले ती युवाहरूलाई प्रहरीले तत्काल पक्राउ गरेकोमा धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–
विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय छ। लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ । शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन ।





