राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

राप्रपा नेपालले आगामी मंगलबारका लागि बैठक आह्वान गरेको हो। 

महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकमा मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनबारे छलफल हुनेछ। 

बैठकमा अध्यक्ष कमल थापाले पार्टीको भावी योजना र रणनीति प्रस्तुत गर्ने कार्यतालिका पनि छ।