Zagraj na automatach online, gdzie najlepsze kasyno bitcoin oferuje ogromne jackpoty i niepowtarzalne bonusy, które zapewnią ci ekscytującą i niezapomnianą rozrywkę.

एमालेले ‘नेशनल भोलियन्टर फोर्स’ घोषणा गर्दै

नेकपा (एमाले)ले नेशनल भोलियन्टर फोर्स (एनभीएफ) अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दैछ।

शुक्रबार बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली छन्। कार्यक्रम अघि बबरमहल हुदै माइतीघर भएर बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम रहेको छ।

बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि एमाले प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको छ र पार्टीका नेता र कार्यकर्ताको सुरक्षासहित आम जनताको सुरक्षा गर्ने भन्दा विभिन्न संयन्त्र बनाउदै आएको छ।

पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढेको असुरक्षा, अशान्ति र भदौ २३ र २४ को घटनापछि आम मानिसको खस्किएको मनोबल उठाउन एनभीएफ घोषणा गर्न लागिएको हो । 

एनभीएफले राज्यका निकायलाई सहयोग गर्ने, भय र असुरक्षाबाट जनतालाई मुक्त गर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, प्राकृतिक प्रकोप भएका बेला राहात तथा उद्धारमा सहयोग गर्ने उद्देश्यले एनभीएफ गठन गर्न लागिएको हो । 

एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाण्डुलाई जानकारी गराइसकेको छ । त्यसैगरी शनिबार प्रदर्शनीमार्गमा एमाले बागमती प्रदेश कमिटीले अर्को कार्यक्रम आयोजना गर्दैछ ।