दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले थुन्नुको कारण पेश गर्न आदेश पनि दिएको छ ।
दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । शान्ति सुरक्षामा खलल पुर्याउनेगरी भड्काउ अभिव्यक्ति दिएको भन्दै निवासबाटै उनलाई पक्राउ गरिएको थियो ।
दुर्गा प्रसाईँका छोराले त्यक्षीकरणको निवेदन दिएका थिए । प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।





