दुर्गा प्रसाईंका छोरा निराजनले सर्वोच्चमा गरे रिट दर्ता

 राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणको रिट दर्ता गराएका छन् ।

उनका छोरा निराजनले सर्वोच्चमा रिट दर्ता दिएका हुन्। रिटको सुनुवाइ बिहीबार हुँदैछ । सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुने तय भएको छ ।

प्रसाईंले दिएका अभिव्यक्तिका आधारमा प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको थियो । उनीमाथि सार्वजनिक शान्ति विरूद्धको कसुरमा पक्राउ गरेको थियो ।