जनता दल यूनाइटेड (जेडीयू)का नेता नीतिश कुमारले बिहीबार १० औँ पटक बिहारका मुख्यमन्त्रीको शपथ लिँदैछन् । बुधबार उनी राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको नेता चुनिएका थिए ।
योसँगै उनी १० औँ पटक पनि बिहारको मुख्य मन्त्री बन्न लागेका हुन् । बिहीबार बिहान ११ः३० मा गान्धी मैदानमा उनको शपथ ग्रहण समारोह हुँदैछ । यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने बताइएको छ ।
नीतिशले यस पटक एनडीएका सबै सहयोगी दललाई मन्त्री परिषद्मा ठाउँ दिएका छन् । २००० मा छोटो समयका लागि बिहारका सीएम बनेका नीतिश कुमार २००५ देखि २०१४ र २०१५ देखि यता लगातार बिहारको मुख्यमन्त्री रहँदै आएका छन् ।





