नेपाल प्रिमियर लिग (आइपीएल)सिजन २ को जारी उद्घाटन खेलमा जनकपुर बोल्ट्सको पाँचौँ विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार जारी खेलमा आशिफ शेख आउट भएका हुन् । उनी आइपीएल सिजन २ मा हाफ सेन्चुरी हान्ने पहिलो खेलाडीसमेत बने । आशिफले ४१ बलमा ५४ रन बनाएका थिए ।
कप्तान अनिल साह शून्यमै आउट भएका थिए भने साहलाई मिलिन्द कुमारले आउट गरेका हुन् ।
जनकपुर बोल्ट्सले ११ ओभरको खेलमा ६२ रन मात्र जोड्न सकेको छ ।





