साउदी अरबको मदिनामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ । हैदरावाद सहरका प्रहरी आयुक्त वीसी सज्जनारलाई उदृत गर्दै बीबीसी न्यूज तेलुगुले समाचारमा उल्लेख गरेको छ । तर, उक्त घटनामा कति जना भारतीय मृत्यु भयो भन्ने अझै स्पष्ट भइसकेको चाहिँ छैन ।
यसअघि तेलंगानाका मुख्यमन्त्री कार्यालयले बसमा हैदराबादका थुप्रै मानिस यात्रा गरिरहेको बताएका थिए । उनीहरु सबै उमराह (धार्मिक तीर्थयात्रा)का लागि साउदी गएको बताइएको छ ।
यस घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
रियादमा रहेको भारतीय दूतावास र जेद्दास्थित वाणिज्य दूतावासले सम्भावित सबै सहयोग उपलब्ध गराइरहेको र भारतीय अधिकारीहरू साउदी अरबका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि उनले बताए । भारतीय विदेशमन्त्री एस जयशंकर, तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी र हैदरावादका सांसद असदुद्दीन ओवैसीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।





