जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए बालेन

भदौ २३–२४ को जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा बिरलै देखिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शुक्रबार एक मन्दिर उद्घाटन कार्यक्रममा देखिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ८ मा बनेको छैटौं शताब्दीको ब्रह्मा मन्दिर उद्घाटनमा बालेन उपस्थित भएका हुन् ।

मन्दिर उद्घाटन समारोहमा एकछिन सहभागी भएर उनी बाहिरिएका छन् । पानसमा बत्ती बालेपछि उनी मन्दिरमा छोटो समय बिताएका थिए । उपस्थित सञ्चारकर्मीले बालेनलाई बोल्न आग्रह गरे पनि उनी केही नबोली कार्यक्रमस्थलबाट बाहिरिए ।