बढ्यो सुन र चाँदीको मूल्य

आज नेपाली बजारमा सुन र चाँदी दुबैक प्रतितोला ६०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजोको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।