Zagraj na automatach online, gdzie najlepsze kasyno bitcoin oferuje ogromne jackpoty i niepowtarzalne bonusy, które zapewnią ci ekscytującą i niezapomnianą rozrywkę.

माओवादीसँग एकता ‘आत्मसमर्पण’: घनश्याम भुसालले मंसिर पहिलो हप्तामा ‘क्रान्तिकारी’ राष्ट्रिय भेला गर्ने

 नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग भइरहेको एकता प्रक्रियामा तीव्र असन्तुष्टि जनाउँदै पार्टीको बहुमत केन्द्रीय समितिले ‘आत्मसमर्पण’ गरेको बताएका छन्। उनले यसको विरोधमा मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव भुसालले केन्द्रीय समितिको बहुसंख्याले आत्मसमर्पण गरे पनि जिल्ला तहमा भने आफूहरूको बहुमत रहेको दाबी गरे। उनले भने, “केन्द्रीय समितिको बहुसंख्या अहिले गएर आत्मसर्मपण गरेपनि… जिल्लामा कुरा गर्ने हो भने अहिले हामी बहुमतमा छौँ। त्यो चाँही हामीले निसन्देह भन्न सक्छौँ।”

भुसालले स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समिति, प्रदेश, जिल्ला, विभिन्न विभाग र जनसङ्गठनहरूमा रहेका धेरै साथीहरू कानुनी रूपमा जेसुकै भए पनि राजनीतिक रूपमा नेकपा एकीकृत समाजवादी कै रूपमा क्रियाशील रहने उल्लेख गरे। उनले मंसिर पहिलो हप्तासम्ममा आयोजना गरिने राष्ट्रिय भेलामा ‘ती क्रान्तिकारीहरू जम्मा हुने’ र त्यहीँबाट लोकतान्त्रिक हिसाबले छलफल गरेर अगाडिको बाटो तय गरिने जानकारी दिए।

उनले कम्युनिष्ट पार्टीको पुनर्गठनको अभियानमा धेरै समूह जोडिँदै जाने विश्वास पनि व्यक्त गरे।