नयाँ दल दर्ता गर्दै बालेन–कुलमान

सहरी विकास मन्त्री कुलमान घिसिङको नेतृत्वमा मेयर बालेन शाहसहित नयाँ राजनीतिक दल दर्ता गर्ने भएका छन् ।

स्रोतका अनुसार घिसिङ अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सुरु गर्ने तयारी भएको छ ।

रास्वपा छाडेकी सुमना श्रेष्ठ र सुधन गुरुङ पनि यस दलमा सहभागी हुनेछन् ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा घिसिङलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने तयारी छ ।

अध्यक्षीय प्रणालीमा आधारित यो दलमा १५१ सदस्यीय केन्द्रीय समिति रहनेछ ।

बालेन शाह भने प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने र मेयरकै रूपमा रहने सहमति भएको छ ।

सुमना श्रेष्ठले यसअघि वैकल्पिक शक्ति एकताका लागि पहल गर्दै प्रधानमन्त्री सुशिला कार्कीकी प्रमुख सल्लाहकार बन्ने प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

नयाँ दललाई ‘जेनजी’ को राजनीतिक प्रतिनिधित्वका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ ।