निकोलस भुसाललाई खोज्दै प्रहरी

हिंसा भड्काउने अभिव्यक्ति दिएपछि प्रहरीले डा.निकोलस भुसाललाई पक्राउ गर्ने तयारी गरेको छ ।उनले  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने चेतावनी दिएका थिए । 

भुसालको भड्काउपूर्ण अभिव्यक्तिपछि प्रहरीले भक्तपुरको गुण्डु स्थित ओली निवासमा सुरक्षा सतर्कता अपनाएको छ । भुसालले सामाजिक सञ्जालमा भड्काउपूर्ण अभिव्यक्ति दिएपछि तरुण दलका एक जना कार्यकर्ताले उनको समूहलाई प्रतिकारको चेतावनी दिएका छन् । 

प्रहरीले भुसाललाई खोजिरहेको छ । मुठभेट हुन नदिनको लागी भुसाललाई नियन्त्रणमा लिन खोजिएको प्रहरीले जनाएको छ । यसअघि गत असोज २३ मा काठमाडौं को माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।