माओवादी–एस एकता विरोधी जनार्दन र झलनाथ समूह नयाँ पार्टी गठनको तयारीमा

नेकपा (माओवादी केन्द्र)ले एकीकृत समाजवादीसँग पार्टी एकता गरी संयुक्त बैठक कात्तिक २० गते बसाउने निर्णय गरेको छ ।

माओवादीको केन्द्रीय समिति बैठक १८ गते हुने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

आज विहान पेरिसडाँडामा बसेको सचिवालय बैठकले एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय गरेको छ ।

तर, सचिवालयका सदस्य जनार्दन शर्माले बैठक बहिस्कार गरेका छन् ।

उनले नयाँ पार्टी खोल्ने उनी नेताहरू बताउँछन् ।

प्रचण्डले सबैको विचार सुन्न आग्रह गर्दा पनि शर्माले नमानेको सापकोटाले बताए ।

पार्टीले शर्माको व्यवहारलाई अराजक र अनुशासनहीन भनी आलोचना गरेको छ ।

त्यस्तै एकीकृत समाजवादीका नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।

उनले कानुनी रूपमा मिल्ने अवस्था भए एकीकृत समाजवादीकै नाममा अघि बढ्ने, नभए नयाँ पार्टी बनाउने बताएका छन् ।

खनालले बैठकमा बोल्ने अवसर नपाएको, निर्णय प्रक्रियामा असहमति जनाउँदै ३० बुँदा प्रस्ताव पेस गरेको बताएका छन् ।

नेतृ रामकुमारी झाँक्री, डा. जगन्नाथ खतिवडा, घनश्याम भुसाललगायतले पनि वैचारिक रूपान्तरण र पुनर्गठनबिना हुने एकतामा सहभागी नहुने स्पष्ट पारेका छन् ।

विश्लेषकहरूका अनुसार, खनालको नयाँ पार्टी घोषणा र झाँक्री समूहको विरोधले एकीकृत समाजवादीभित्र गम्भीर मतभेद र पार्टी विभाजनको संकेत दिएको छ ।