चितवनको भरतपुर महानगरपालिका-९, टिकौली जंगलमा गएराति भएको एक भयानक सडक दुर्घटनामा परी ३३ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा दुई यात्रुबाहक बस र एक ट्रक आपसमा ठोक्किँदा ८ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गएराति करिब पौने २ बजेतिर भएको यस दुर्घटनामा इँट्टा लोड गरेर पार्किङ गरिएको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस अनियन्त्रित भई ठोक्किएको थियो । लगत्तै, सोही बसमा जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र. ०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किन पुगेको थियो । दुर्घटनाको प्रकृति हेर्दा, तीव्र गतिका कारण नियन्त्रण गुमाएको हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटनापश्चात् दुईवटै बस सडकमै पल्टिएका थिए । घटनाको जानकारी पाउने बित्तिकै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाएको थियो । घाइतेमध्ये १५ जनाको चितवन मेडिकल कलेजमा, १३ जनाको नेशनल सिटी अस्पतालमा र ५ जनाको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार, रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका-४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ । दुर्घटनाका कारण अवरुद्ध भएको सडक क्रेनको सहायताले बसहरू हटाई आज बिहान करिब ३ बजेतिर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो ।
घाइतेहरुको विवरण
क) चितवन मेडिकल कलेजमा लगिएका घाइतेहरु
१. उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ ।
२. धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया ।
३. सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह ।
४. धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी ।
५. धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा ।
६. धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण ।
७. सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण ।
८. सोही ठाउँ बस्ने आरुष कर्ण ।
९. धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी ।
१०. रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह ।
११. रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र ।
१२ रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह ।
१३. रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी ।
१४. महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव ।
१५. महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ ।
ख) नेशनल सिटी अस्पताल भरतपुरमा लगिएका घाइतेहरु
१. धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत ।
२. धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह ।
३. सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह ।
४. सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह ।
५. रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो ।
६. रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर ।
७. रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह ।
८. सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह ।
९. रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा ।
१०. भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद ।
११. भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी ।
१२. भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल ।
१३. भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल ।
ग) भरतपुर सरकारी अस्पतालमा लगिएका घाइतेहरु
१. धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी ।
२.रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास ।
३. रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह ।
४. सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास ।
५. भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब ।





