Zagraj na automatach online, gdzie najlepsze kasyno bitcoin oferuje ogromne jackpoty i niepowtarzalne bonusy, które zapewnią ci ekscytującą i niezapomnianą rozrywkę.

सभामा बोल्दै गर्दा ढलेका मजदुर नेताको नि*धन

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको आज भैरहवामा निधन भएको छ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको मृत्यु भएको हो।

सम्बोधनका क्रममा विद्युत् कटौतीका कारण २५ हजार श्रमिकको रोजगारी गुमेको र उद्योगी व्यवसाय धरापमा परेको भन्दै उनी आक्रोशित देखिएका थिए। 

बुटवल ज्योतिनगरका ६२ वर्षीय गौतमलाई ढलेलगत्तै नजिकको अस्पताल पुर्‍याइए पनि उनको निधन भइसकेको घोषणा गरिएको थियो।