ईलाममा सवारी दुर्घटना हुँदा १० जना घाइते (विवरण)

ईलाम देउमाई न.पा. १ कुखुरे स्थित मेची राजमार्गमा सवारी दुर्घटना भएको छ ।

आज बिहान करिब १०:३० बजे तेह्रथुमबाट झापा आउँदै गरेको मे १ ज ३१३७ नं. को यात्रुवाहक बोलेरो र इलामबाट पाँचथर तर्फ जाँदै गरेको प्र.१-०१-०१६प १३६७ नं. को २२०सि सि को पल्सर मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक १ जना र बोलेरोमा सवार ९ जना गरी १० जना घाइते भएका छन् ।

घाइतेहरूलाई प्रहरी चौकी रक्से इलामबाट प्र.स.नि. रोजन नेम्बाङको कमाण्डमा ट्राफिक सहितको प्रहरी टोलीले उद्धार गरी तत्काल उपचारको लागि जिल्ला अस्पताल इलाम तर्फ पठाइएको छ ।

घटना स्थलमा रहेको मोटरसाइकल र बोलेरो चालक तेह्रथुम बस्ने २६ वर्षीय रबिन तामाङलाई नियन्त्रणमा लिइएको छ ।

बोलेरो चालकको दाहिने गाला र दाहिने खुट्टामा सामान्य चोट लागेको छ ।

उक्त बोलेरो सडकबाट १० मिटर तल झरी घटनास्थलमै रहेकोले निकाल्ने तर्फ आवश्यक पहल भइरहेको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलको कागज पत्र साथमा नरहेको जनाएको छ । साथै बाटो अवरोध नभएको बताइएको छ ।

बोलेरोमा सवार घाइतेहरू:

१. जिल्ला झापा बिर्तामोड न.पा. ६ गरामुनी बस्ने वर्ष ३० कि सुशिला तिमल्सिनाको भित्री चोट, बोल्न नसक्ने मध्यम ।

२. जिल्ला तेह्रथुम आठराईत्रियुगा गा.पा. १ बस्ने वर्ष ६५ को छबीलाल गुरुङको टाउको र दुवै घुँडामा चोट, अवस्था बोल्न सक्ने सामान्य ।

३. ऐ.ऐ। बस्ने वर्ष ३० को प्रकाश शेर्पाको निधार र नाकमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य ।

४. जिल्ला ताप्लेजुङ आठराईत्रिवेणी गा.पा. ०१ निगुरादिन बस्ने वर्ष ६४ कि डम्मर कुमारी गुरुङको अनुहारमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य ।

५. ऐ.ऐ. बस्ने वर्ष ३० कि इन्द्र गुरुङको अनुहारमा चोट, अवस्था बोल्न सक्ने सामान्य ।

६. ऐ.ऐ. बस्ने वर्ष २८ कि अञ्जना गुरुङको वाँया हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य ।

७. जिल्ला धनकुटा घर बताउने वर्ष ३२ कि सुष्मा लिम्बूको वाँया हातमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य ।

८. जिल्ला पाँचथर फालेलुङ गा.पा. ०६ सिदिन बस्ने वर्ष २३ कि असिना तामाङको निधारमा सामान्य चोट, अवस्था बोल्न सक्ने सामान्य ।

९. जिल्ला झापा बुद्धशान्ति गा.पा. ०४ जयपुर बस्ने वर्ष २७ कि चन्द्रकला कालिकोटे बाहिरी चोट नभएको, अवस्था बोल्न सक्ने सामान्य ।

मो.सा. चालक घाइते:

१०. मो.सा. चालक जिल्ला पाँचथर हिलिहाङ गा.पा.६ बस्ने वर्ष ३६ को लक्ष्मी प्रसाद मैनालीको दाहिने हातको हत्केलामा चोट, अवस्था बोल्न सक्ने सामान्य ।