यूएईविरुद्ध नेपालले गुमायो चौथो विकेट, आरिफ २७ रनमा आउट

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका आरिफ शेख २७ रन बनाएर पवेलियन फर्किएका छन् ।

बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा आरिफलाई ३३ औं ओभरको चौथो बलमा जुनैद सिद्दिकीले बोल्ड आउट गराएका हुन् ।

यो समाचार तयार पार्दासम्म नेपालले ३३ ओभर ४ बलमा १३१ रन बनाउँदै ४ विकेट गुमाएको छ ।