मनाङको हिमपातमा फसेका १ हजार ५ सय जनाको नेपाली सेनाद्वारा उद्धार

 हालैको भारी हिमपातका कारण मनाङका विभिन्न क्षेत्रमा फसेका दुई सयभन्दा बढी विदेशी पर्यटकसहित १ हजार ५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ ।

कात्तिक १० गतेदेखि परेको निरन्तर हिमपातका कारण तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे इलाकामा सयौँ पर्यटक र स्थानीय फसेका थिए ।

सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा सबैलाई सुरक्षित स्थानमा पुर्‍याएको सेनाले जनाएको छ ।

सेनाले आवश्यक स्वास्थ्य सहायता र आवत–जावत सहज बनाउने कार्य पनि निरन्तर गरिरहेको बताएको छ । हिमपातपछि अझै केही उच्च भू–भागमा उद्धार कार्य जारी रहेको जनाइएको छ ।