सङ्खुवासभाको किमाथांका क्षेत्रमा आज बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ७ बजेर ३२ मिनेटमा गएको हो ।
भूकम्पको धक्का सङ्खुवासभासहित आसपासका जिल्ला भोजपुर, तेह्रथुम र धनकुटामा पनि महसुस गरिएको थियो । प्रारम्भिक विवरणअनुसार भूकम्पबाट अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन ।





