अन्नपूर्ण आधार शिविरमा बाक्लो हिमपात

कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित अन्नपूर्ण आधार शिविरमा बाक्लो हिमपात भएको छ।

समुद्री सतहदेखि ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा यो वर्ष पहिलोपटक यसरी हिमपात भएको स्थानीयले जानकारी दिए। बाक्लो हिमपात भएपछि जनजीवन प्रभावित भएको छ।

अन्नपूर्ण आधार शिविर लगायत अन्य ठाउँमा पदयात्रा जाने पर्यटकहरू हिउँ खेलेर रमाइरहेका छन्।