इलाममा अविरल वर्षासँगै शनिबार रातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
इलामको बाढी पहिरोमा ज्यान गुमाउने ३५ जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय इलामले मृतकको नाम सार्वजनिक गर्दै घटनास्थलबाट उद्धारको काम जारी राखेको जनाएको छ ।
![पहिरोमा परी इलाममा ३७ जनाको मृ*त्यु [विवरणसहित] 2 26](https://aajakakura.com/wp-content/uploads/2025/10/26-795x1024.png)