मुग्लिन-नारायणगढ सडक आज राति पनि बन्द, साँझ ६ बजेदेखि सवारी निषेध

आज आइतबार राति पनि मुग्लिन-नारायणगढ सडकमा सवारी साधन चलाउन नपाइने भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सूचना जारी गरेर आज आइतबार साँझ ६ बजेदेखि रातभर सवारी सञ्चालन नगर्न भनेको हो।

चितवन प्रहरीले साँझ ६ बजेभित्र यस क्षेत्र भएर सवारी सञ्चालन गर्नेलाई गन्तव्यमा पुगिसक्न र यस क्षेत्र कटिसक्न भनेको छ।