इलाममा पहिरोले पुरिएर दुई जनाको मृत्यु, १५ जना भन्दा बढि बेपत्ता

लगातारको वर्षापछि इलाममा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने १५ भन्दा बढी बेपत्ता भएका छन्। इलामका विभिन्न ठाउँमा खसेको पहिरोमा परि १५ जना भन्दा बढी बेपत्ता भएका छन् ।

इलाम नगरपालिका–६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको र तीन जना बेपत्ता छन्। घाइते दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ।

माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य र मान्सेबुङमा पाँच जना बेपत्ता भएका छन्। शन्दकपुर गाउँपालिका–३ सुलुबुङकी एक आमा र छोरी पनि पहिरोमा परेर हराएका छन्।

जिल्लाभर बाढी र पहिरोबाट ठूलो क्षति पुगेको छ। पानी रोकिएपछि उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।