पाँचथरमा बोलेरो गाडी दुर्घटना हुदाँ ६ जनाको मृ*त्यु, ६ घाइते

पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

उद्धारमा खटिएका शसस्त्र प्रहरी नायव उपरिक्षक चिरञ्जीवी प्रसाईका अनुसार तीन जना महिला र तीन जना पुरुष गरी ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ५ जना घाइतेलाई धरान पठाइएको छ भने १ जनालाई फिदिममै उपचारका लागि राखिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेको छ । गाडी भिरमा अड्किएको छ । पानी परेको कारण उद्धारमा समस्या भएको छ । गाडी दुर्घटना भएको सूचना पाएपछि उद्धारका लागि स्थानीय प्रहरी टोली परिचालन गरिएको पाँचथरका डिएसपी अनिश कर्णले बताए। उनका अनुसार गाडीमा कति जना सवार थिए भन्नेबारे यकिन भएको छैन ।

गाडी सडकबाट करिब ४ सय मिटर तल खसेकाले उद्धारमा जानकारी दिए । गाडीभित्र केही नभएको रशबहरु यत्रतत्र छरिएको उनको भनाई छ ।