फिदिमको तमोर नदी नजिक गाडी खस्यो, धेरै यात्रु हताहत

 धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खसेको छ । कोसी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीले दिएको जानकारीअनुसार धरानबाट पाँचथर जाँदै गरेको जीप तमोर नदीमा खसेको हो ।

जीप करिब पाँच सय मिटर तल खसेको उनले जानकारी दिए।“अहिले प्रहरीको टोली त्यहाँ पुग्दैछ,” उनले भने ।

प्रत्यक्षदर्शी सागर ढकालले पनि गाडी खसेको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत् उद्धारका लागि अनुरोध गरेका छन् । उनका अनुसार कार्तिके नजिकै गाडी खसेको हो ।